खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

डिसी नेपाल
२० पुष २०८१ १३:३७
180
Shares

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

कपिलवस्तु बाणगंगा नगरपालिका-३ बस्ने ३३ वर्षीय बसन्त बस्याल र सप्तरी तिलाठी कोईलाडी गाँउपालिका-२ बस्ने ३४ वर्षीय लाल कुमार मण्डललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेका बा.प्र ०१-००१ ख २८५६ नम्बरको बसमा सवार बसन्तलाई करिब २१ ग्राम र बा.प्र.०१-००६ ख ५६५२ नम्बरको बसमा सवार लाल कुमारलाई करिब १५ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो। प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *