जहाज उड्यो, दिल्लीमै छुटिन रीमा
काठमाडौं । कार्यक्रम सञ्चालिका एवं कलाकार रीमा विश्वकर्मा दिल्लीमा नेपाल आउने कनेक्टिङ फ्लाइट गुमाउन पुगेकी छन्।
गोल्डेन नेपाली फिल्म अवार्डका लागि गतसातासम्म अमेरिकामा पुगेकी रीमा आइतबार न्यूयोर्क हुँदै एयर इन्डियाको फ्लाइटबाट दिल्ली फिर्दै थिइन्।
तर, दिल्ली आइपुगेपछि उनी नेपाल आउने कनेक्टिङ फ्लाइट गुमाउन पुगिन्। जहाज छुटेपछि उनले सामाजिक सञ्जालमा एयर इण्डियामा आफूले भोगेको सबैभन्दा खराब अनुभव भएको बताएकी छन्।
‘एयर इन्डियासँग उडानको सबैभन्दा खराब अनुभव । न्यूयोर्कबाट दिल्लीको उडानमा थिएँ । उडानमा ढिलाइका कारण मैले कनेक्टिङ जडान छुटाउन पुगेँ । म केही घण्टादेखि ट्रान्सफर डेस्कअघि उभिरहेकी छु । तर त्यहाँ कुनै स्पष्ट संचार वा सहायता प्रदान गरिएको छैन । यो समस्यालाई सुल्झाउनुको सट्टा डेस्कका कर्मचारीहरू अव्यवसायिक मात्र होइन, असभ्य पनि देखिएका छन् । ढिलो उडान, कमजोर ग्राहक सेवा । जहाजभित्रको खानेकुरा पनि पचाउन नसकिने थियो,’ दिल्ली विमानस्थल र एयर इण्डियालाई मेन्सन गर्दै उनले लेखेकी छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment