किशोरी बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर जेल चलान
विराटनगर । घरमा कामदारका रुपमा राखिएकी १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी जेल चलान भएका छन्।
मंसिर २४ मा पक्राउ परेका शिवाकोटी हिजो सोमबार जेल चलान भएका हुन्। झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा पठाउन सोमबार आदेश दिएको हो।
पूर्वमेयर शिवाकोटीविरुद्ध पीडितले किटानी जाहेरी दिएकी थिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment