पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारको लागि पोल्याण्ड पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने २ जना व्यक्तिहरु पक्राउ परेका छन्।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले उनीहरुलाई पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेहरूमा सप्तरी घर भइ काठमाडौं महानगरपालिका ३१ बस्ने कृष्ण यदुवंशी र गाेरखा घर भइ काठमाडौंकाे सामाखुसी बस्ने राजेश बराम रहेका छन्।
प्रहरीका अनुसार कृष्ण यदुवंशीले पोल्याण्ड पठाइदिन्छु भन्दै बहत्तर लाख अठचालीस हजार एक सय पचास रूपैयाँ ठगी फरार रहेका थिए भने राजेशले साेही देश पठाइदिन्छु भन्दै आठ लाख नब्बे हजार ठगी फरार रहेका थिए।
उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment