अनिल खनालको शब्दमा रामचन्द्र चन्दले लिएर आए ‘बिनास्वादै

डिसी नेपाल
२४ पुष २०८१ १०:५४
348
Shares

काठमाडौं। नयाँ पुस्ताका लोकप्रिय गीतकार अनिल खनालको नयाँ गीत ‘बिनास्वादै’ बजारमा आएको छ।

लोकदोहोरी, आधुनिक, फिल्मसहित विभिन्न विधामा कलम चलाउँदै आएका युवा गीतकार खनालको अर्को गीत ‘बिनास्वदै’ डिजिटल प्लेटफर्म रामचन्द्र चन्द मार्फत सार्बजनिक भएको हो।

खनालले शब्द कोरेको गीतमा रामचन्द्र चन्दको संगीत र स्वर रहेको गीत गोविन्द अनेकले एरेन्ज गरेका हुन्।

निर्देशक राज केसीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा रामचन्द्र चन्द, संरचना ठकुरी, रञ्जु ठकुरी, दूर्गाप्रसाद खरेल, प्रकाश बास्कोटा, संगीता बास्कोटा, श्याम बास्कोटा लगाएतको अभिनय रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *