सुन्दरहरैँचामा चारवटा सिलिन्डर बम फेला

डिसी नेपाल
२५ पुष २०८१ १५:२०
224
Shares

काठमाडौं । मोरङको सुन्दरहरैँचा-७ स्थित पूर्वपश्चिम राजमार्गमा चारवटा सिलिन्डर बम फेला परेका छन्। सुन्दरहरैँचा नगरपालिका–७ मा मालती पुलनजिकै सडकमा गाडिएको अवस्थामा चारवटा सिलिन्डर बम फेला परेको प्रहरीले जनाएको छ।

बम रहेको सूचना आएपछि खटिएको प्रहरीले आज बिहान ८ बजेदेखि यातायात आवागमन रोकेर खोजी गरेकोमा चारवटा बम फेला पारेको प्रहरीको भनाइ छ।

नेपाली सेनाको टोलीले बम नष्टको तयारी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

राजमार्गमा गाडिएको अवस्थामा भेटिएका बम द्वन्द्वकालकै भएको हुनसक्ने उनको भनाइ छ। राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *