प्रशासकीय अधिकृतले अख्तियारलाई नै घुस दिन खोजेपछि…

डिसी नेपाल
२५ पुष २०८१ १६:५३
388
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्वप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अछामको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो।

गाउँपालिकाको मेसिनरी सामान खरिद सम्बन्धी उजुरी उपर अख्तियारको कार्यालय, कञ्चनपुरबाट विस्तृत अनुसन्धान हुँदा उनले एक लाख रुपैयाँ घुस दिएका थिए। उजुरीसँग सम्बन्धित कागजात पेस गर्न भनी आयोगको कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजातसहितको खाम दिँदा निजलाई अनुसन्धान अधिकृत आफैँले खोलेर दिनुभन्दा निजले बोकेको हरियो रंगको झोला भित्र रहेको पहेँलो खाममा एक लाख रुपैयाँ भेटिएको अभियोगपत्रमा उल्लेख छ।

पैसाबारे सोधपुछ गर्दा उनले अनुसन्धान अधिकृतलाई मुद्दा मिलाइदिन स्वेच्छाले पैसा ल्याएको बताएका थिए। त्यसपछि अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।

अनुसन्धानलाई प्रभावमा पार्न, खरिद कार्यमा भए गरेका भ्रष्टाचारजन्य वा अन्य अनियमितताका विषयमा मुद्दाको कारबाही अगाडि नबढाई उनले यस्तो घुस प्रस्ताव गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *