५ मुद्दामा ६१ वर्ष कैद सुनाइएका ५७ वर्षीय कहार पक्राउ
काठमाडौं । विभिन्न पाँच वटा मुद्दामा ६१ वर्ष कैद सजाय सुनाइएका व्यक्तिलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–१ गुर्चिहवाका ५७ वर्षीय सोमई भनने प्रकाश कहार छन्।
उनी तीन खुन डाँका, एक डाँका र एक चोरी मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। पाँच फरक मुद्दाम उनीविरुद्ध ६१ वर्ष कैद सजाय र तीन लाख ५२ हजार ७७८ रुपैयाँ जरिवाना सुनाइएको छ। उनलाई कपिलवस्तु कारागार चलान गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment