सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरण : सातै आरोपीलाई कति तोकियो धरौटी?
पोखरा । सूर्यदर्शन सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित सातै प्रतिवादीलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।
करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि कास्की अदालतका न्यायाधीश नितीज राईको एकल इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो।
लामिछानेलाई ६५ लाख, पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख, लीला पछाईंलाई ३७ लाख, राम खनाललाई १५ लाख, कृष्ण गुरुङलाई १ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख र आरती गुरुङलाई ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment