व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईं र फुयाल धरौटीमा रिहा

डिसी नेपाल
२५ पुष २०८१ २१:५१
732
Shares

काठमाडौं। झापाका दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाल धरौटीमा रिहा भएका छन् ।

नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईं र फुयाँल धरौटीमा आज रिहा भएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुवै जनालाई जनही रु तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो। अदालतको आदेशपछि दुवै जना धरौटी बुझाएर रिहा भएका हुन्। प्रसाईंसहित तीनजना विरुद्ध आपराधिक लाभ र संगठित कसुरको मुद्दा दायर भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *