सरकारसँग संसदको सामना गर्ने आँट छैनः माधव नेपाल

डिसी नेपाल
२७ पुष २०८१ १७:४६
100
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदको सामना गर्ने आँट सरकारसँग नभएको टिप्पणी गरेका छन्।

ललितपुरमा शनिबार आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले संसदको सामना गर्ने र छलफल बहसबाट समस्याको समाधान खोज्ने आँट सरकारसंग नरहेको टिप्पणी गरेका हुन्।

उनले सरकार एकदलीय शासनउन्मुख भएको समेत आरोप लगाए। अहिले एकदलीय शासन र सोचको सुरुवात भएको भन्दै उनले सबैलाई प्रयोग गर्न खोजको बताए।

उनले संसद छलेर अध्यादेश ल्याएको भन्दै आपत्ति समेत जनाए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.