हिमपातले हुम्लाको जनजीवन प्रभावित, हवाइ सेवा अवरुद्ध
हुम्ला । हिमपात भएसँगै हुम्लाको जनजीवन प्रभावित बनेको छ। आइतबार बिहानैदेखि हिमपात हुँदा हुम्लाको जनजीवन कष्टकर बनेको हो।
पश्चिमी बायु सक्रिय बन्दा बिहान ७ बजेदेखि सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भइरहेको छ।
सदरमुकाम सिमकोटमा भारी हिमपात हुँदा नेपालगञ्ज र सुर्खेतबाट हुने हवाइ उडान अवरुद्ध बनेको छ।
हिमपात भएसँगै किसान भने खुसी भएका छन्। उनीहरू बाली सप्रिने आसमा खुसी भएका हुन्।
यस्तै आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment