राष्ट्रपति पौडेलद्वारा चार अध्यादेश जारी

डिसी नेपाल
२९ पुष २०८१ १८:२५
680
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा अध्यादेश जारी गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेका हुन्।

जसअनुसार सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, नेपाल कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश-२०८१, नीजिकरण पहिलो संशोधन अध्यादेश-२०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ जारी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष सिफारिस गरेका ५ वटा अध्यादेशमध्ये चार वटा अध्यादेश जारी भए पनि एउटा अध्यादेश रोकिएको छ। भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश भने रोकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *