समाजवादी मोर्चा हुने भयो सक्रिय, आज कार्यदलको बैठक बस्दै
काठमाडौं। समाजवादी मोर्चा सक्रिय हुने भएको छ। बामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाई सक्रिय बनाउन लागेका हुन्।
जसका लागि चार दल आबद्ध समाजवादी मोर्चाको कार्यदल बैठक मंगलबार बस्ने भएको छ। नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठका अनुसार मोर्चाको कार्यदलको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।
कार्यदलमा श्रेष्ठसहित नेकपा माओवादी केन्द्रवाटमहासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहेका छन्।
सो कार्यदलले प्रतिबेदन तयार पारेपछि बुधवार भने मोर्चाका शिर्ष नेताको बैठक बस्नेछ। माओवादी अध्यक्ष प्रचण्ड सत्ताच्युत भएपछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment