सातै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तरणको तयारी छ : गृहमन्त्री लेखक
फाइल फाेटाे
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताएका छन् ।
बुधबार कीर्तिपुरमा आयोजित २७औं भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले खोज, उद्दार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्दारकर्मीहरू तयार भएको जानकारी दिँदै सुरक्षा निकाय र प्रतिकार्यमा क्रियाशील संस्थाहरूको व्यवस्थित परिचालन गर्न आवश्यक व्यवस्था गरिएको बताए ।
उनले विपद्को समयमा अत्यावश्यक सामग्रीहरूको भण्डारणलाई प्रभावकारी बनाउन आपतकालीन गोदामघर सञ्चालन सम्बन्धी कार्यविधि निर्माण गरी सातै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तरण गर्ने तयारी भइरहेको बताए ।
‘आगामी दिनमा भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियालाई थप प्रभावकारी बनाएर लगिनेछ,’ गृहमन्त्री लेखकले भने, ‘सरकारी निकाय, नीजि क्षेत्र र गैर सरकारी संस्था लगायत समुदाय स्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनर्निर्माण क्षमता अभिवृद्धि गर्ने कार्य गरिनेछ ।’
सचेतना बढाउन परम्परागतसँगै नयाँ प्रविधिलाई अधिकतम प्रयोग गरिने उनको भनाइ थियो ।
जाजरकोट लगायतका भूकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ सहयोग गर्ने अस्थायी निर्माण सम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृत भई लागु भइसककेको मन्त्री लेखकले जानकारी दिए ।
‘स्थायी आवास निर्माण सम्वन्धी कार्यविधि कार्यकार्य समितिको बैठकबाट पारित भइसकेको छ,’ उनले भने, ‘जाजरकोट भूकम्पबाट भएको क्षतिको आकलन यसै महिनाबाट प्रारम्भ गरिनेछ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment