मेलम्ची पानीको आपूर्ति बन्द हुँदैन, शिवपुरीको पानी थपिन्छ : मन्त्री यादव
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानीको आपूर्ति अब बन्द नहुने बताएका छन्।
बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले विगतमा वर्षातको समयमा काठमाडौंमा पानी आपूर्ति बन्द हुने भए पनि अब बाह्रै महिना मेलम्चीको पानी आपूर्तिका लागि विकल्प खोजिसकिएको बताए।
उनले मेलम्ची नजिकै अर्को खोलाको पानी ल्याउने र शिवपुरीबाट पनि पानी आपूर्ति गर्नेगरि तयारी भइरहेको जानकारी दिए।
उनले मेलम्ची पानी आपूर्तिमा उपत्यकाबासीको विश्वास हट्न नदिने जिकिर गरे। असारदेखि चार महिनाका लागि मेलम्चीको पानी बन्द गरिँदै आएकोमा यस वर्ष आफ्नो पहलका कारण दसैं अगाडी नै मेलम्चीको पानी आपूर्ति गर्न सफल भएको उनले बताए।
मन्त्री यादवले मेलम्चीबाट दैनिक २० करोड लिटर पानी आइरहेकोमा विविध कारणले ३ देखि ४ करोड पानी बागमतीमा पठाइएको जानकारी दिए।
उनले जलस्रोत धनी मुलुक नेपालमा खानेपानीका लागि आन्दोलन गर्नुपर्ने अवस्था अब नआउने बताए। मन्त्री यादवले अब काठमाडौं उपत्यकामा खानेपानीको समस्या नहुने प्रतिबद्धता जनाएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment