एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पुर्याउने लक्ष्य
काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले एक वर्षभित्रमा सत प्रतिशत जनतामा आधारभूत खानेपानी पुर्याउने लक्ष्य रहेको बताएका छन्।
आज मन्त्रालयमा खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीप श्रेष्ठ लगायतको टोलीसँग छलफल गर्दै मन्त्री यादवले संस्थानले खानेपानीका क्षेत्रमा गरिरहेका कामका विषयमा जानकारी लिएका थिए। उक्त छलफलका क्रममा उनले बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले नेपाल खानेपानी संस्थानबाट निर्माण भइरहेको झुम्सा खोला खानेपानी आयोजनाको पछिल्लो प्रगतिबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ।
उनले भने, ‘अहिले हामीले मुलुकमा ९८ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी सेवा पुर्याएका छौँ। एक वर्षभित्रमा सत प्रतिशत जनतामा आधारभूत खानेपानी पुर्याउने लक्ष्य छ।’
सो छलफलमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य, मन्त्रालयका सहसचिव रामबाबु पुरी, रमाकान्त दुवाडी, खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठ, इञ्जिनियरिङ महाशाखा प्रमुख निरन मर्हजन लगायतको सहभागिता रहेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment