सैफअली खान डिस्चार्ज, स्वास्थ्यवस्था सुधारोन्मुख
काठमाडौं । बलिउड अभिनेता सैफ अली खान लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।
सैफ अली खान डिस्चार्ज भएपछि उनका फ्यानले राहतको सास फेरेका छन्। सैफ अली खानलाई अस्पतालबाट घर लैजाँदा पत्नी करीना कपूर पनि उनीसँगै देखिएकी थिइन्।
करिना पति सैफ अली डिस्चार्ज हुनुअघि नै अस्पताल पुगिसकेकी थिइन्। करीनाले सेतो रंगको टी–सर्ट लगाएकी थिइन्। पाँच दिनपछि उनका श्रीमान् सैफ अस्पतालबाट डिस्चार्ज हुँदा उनको अनुहार खुसी देखिएको थियो।
चिकित्सकले सैफको स्वास्थ्यमा सुधार भइरहेको र अवस्था स्थिर रहेको बताएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment