सिमेन्ट बोरामा २५० रूपैयाँ बढे पछि उद्याेग मन्त्री संसदीय समितिमा

डिसी नेपाल
९ माघ २०८१ ७:३७
2.4k
Shares

काठमाडाैं। सिमेन्टको मूल्य बृद्धिका बारेमा जानकारी दिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी संसदीय समितिमा जाँदैछन्। सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उनलाई आज समितिको बैठकमा बोलाएको छ।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योगमन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय भएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिएका थिए। उनका अनुसार मन्त्री भण्डारी र सचिव बुधबार बिहान ११ बजे बैठकमा पुग्नेछन्।

सिमेन्ट उद्योगीहरुले मिलेमतोमा सिमेन्टको मूल्य प्रतिबोरा अढाइ सय रुपैयाँले बढाएपछिनिर्माण व्यवसायीहरुले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्ने लगायत माग राखेर आन्दोलन घोषणा गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *