सरकारले काम गर्ने हो, दिन गनेर बस्दैन : अर्थमन्त्री पौडेल

डिसी नेपाल
१० माघ २०८१ १४:३७
168
Shares

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकार दिन गनेर नबस्ने बताएका छन्।
बिहीबार राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा पौडेलले सरकार जनतालाई आशा जगाउन केन्द्रित भएकाले काम गर्ने दिन गनेर नबस्ने बताए।

‘सरकारले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्दै जानेछ। सरकार दिन गनेर बस्दैन। काम गर्नेछ। निराशालाई आशामा बदल्नेछ। देश छोडेर जाने वातावरण हटाउन खोजिरका छौं। हामीले काम गरिरहेका छौं’, उनले भने।

उनले अर्थतन्त्र दबाबमा रहेको स्वीकारेका छन्। मुलुकको अर्थतन्त्र दबाबमा रहेकाले त्यसलाई चिर्दै सरकार अगाडि बढिरहेको उनले प्रस्ट पारे। अझै सुधारका काम गरेर अगाडि बढे मात्र निराशालाई आसामा परिणत गर्न सकिने उनको भनाई छ।

संकट र चुनौतीलाई पार गर्दै वाणिज्य बैंक यहाँसम्म आइपुगेको उनले बताए। आगामी दिनमा सेवाको हिसाबले अरु बैंकलाई उछिन्न समेत अर्थमन्त्री पौडेलले निर्देशन समेत दिए। बैंकको उन्नति र प्रगतिका लागि साझा उद्देश्य राख्नसमेत उनले आग्रह गरे।

बैंकमा रहेको पर्‍याप्तता तरलतालाई उत्पादन तथा रोजगारी सिर्जनामा लगानी गर्न उनको आग्रह छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *