नाबालिका बलात्कार आरोपमा पूर्वशिक्षक पक्राउ

डिसी नेपाल
१२ माघ २०८१ १३:४६
768
Shares

हेटौंडा । मकवानपुर प्रहरीले नाबालिका बलात्कारको आरोपमा एक जना पुरुषलाई पक्राउ गरेको छ।

हेटौंडा –९ मा भएको घटनामा आठ वर्षकी नाबालिका बलात्कारको आरोपमा एक जना पूर्वशिक्षकलाई पक्राउ गरिएको हो।

नावालिकाको परिवारले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले अन्दाजी ५० वर्षका पुरुषलाई नियन्त्रणमा लिएको हो।

घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *