दुई महिना आन्दोलन गर्ने राप्रपाको घोषणा, विचार मिल्नेसँग मोचाबन्दी (यस्ता छन् १५ निर्णय)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई महिनासम्म आन्दोलन गर्ने घोषणा गरेको छ।
आइतबार सकिएको राप्रपा केन्द्रीय समिति बैठकले यसअघि सरकारलाइृ बुझाएको ४० बुँदे माग पूरा नभएको भन्दै आन्दोलनको घोषणा गरेको हो।
राप्रपाले जनजीविकाका विषय र ४० बुँदे माग पूरा गर्न दबाब दिने भन्दै फागुन र चैतमा आन्दोलन गर्ने घोषणा गरेको छ।
यस्तै राप्रपाले विचार मिल्नेसँग पार्टी मोर्चाबन्दी गर्ने निर्णय गरेको छ।
सहकारीपीडितको रकम फिर्ताका लागि सरकारको ध्यानाकर्षण पनि गराउने निर्णय गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
सहकारी ठगीमा जोसुकै जोडिए पनि कारबाहीको दायरामा ल्याउन राप्रपाको सरकारसँग माग छ। यसका साथै राप्रपाले विभिन्न १५ वटा निर्णय गरेको छ।



No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment