एक करोड धरौटी बुझाएर रवि रिहा

डिसी नेपाल
१३ माघ २०८१ २३:५१
11.6k
Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा एक करोड धरौटी बुझाएर राति पोखरा हिँडेका छन्। धरौटी बुझाएर रिहा भए लगत्तै रवि राति नै पोखरा हिनेका हुन्।

उनी भैरहवाबाट गाडी हुँदै पोखरा प्रस्थान गरेको रास्वपा लुम्बिनी प्रदेशका उपाध्यक्ष शालिकराम घिमिरेले बताए। आइतबार अबेर फैसलापछि उनी ढिलो गरी प्रभु बैंकमार्फत धरौटी बुझाएर रिहा भएका हुन्।

न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रविले एक करोड धरौटी बुझाउनु पर्ने फैसला सुनाएका थिए।

लामिछाने श्रीमती निकिता पौडेलसहित सचिवालयका ११ जनाको टोली लिएर पोखरा लागेका हुन्।

लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए।

तीन जिल्लामा गरेर लामिछानेसँग २ करोड २५ लाख धरौटी माग भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *