डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमलाई ३० दिनका लागि जेलबाट निस्किने
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहरिएका डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमलाई ३० दिनको लागि पेरोल दिइएको छ ।
उनी हरियाणाको रोहतकको सुनारिया जेलमा छन्। यसअघि राम रहीमले गत वर्ष अक्टोबरमा पेरोल पाएका थिए ।
अक्टोबरमा पेरोल पाएपछि राम रहीम उत्तर प्रदेशको बागपतस्थित बर्नवा आश्रम गएका थिए । यस अवधिमा उनले २० दिनको लागि पेरोल पाएका थिए।
हरियाणा निर्वाचन आयोगलाई आपतकालीन पेरोलको लागि निवेदन दिइएको थियो, जुन स्वीकृत भएको थियो।
गुरमीत राम रहीमलाई सन् २०१७ मा आफ्ना दुई छात्रालाई बलात्कार गरेको आरोपमा २० वर्षको जेल सजाय सुनाइएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment