दक्षिण सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु

डिसी नेपाल
१६ माघ २०८१ २१:३८
144
Shares

जुबा। दक्षिण सुडानमा विमान दुर्घटना भएको छ। उक्त विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले बुधबार जानकारी दिएका छन्।

राजधानी जुबाका लागि उडेको विमान करिब १०ः३० बजे युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो।

‘विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनाग्रस्त भयो। विमानमा २१ जना सवार थिए। अहिले त्यहाँ एक जना मात्र बाँचेका छन्,’ गतवेच विपालले बताए।

ग्रेटर पायोनियर अपरेटिङ कम्पनी (जीपीओसी) ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित उक्त विमान यस क्षेत्रमा नियमित उडानमा रहेको उनले बताए।

उनले उक्त दुर्घटनाबाट राज्य सरकार गहिरो दुःखी भएको बताउँदै यसबारे छानबिन गरिने जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *