गैरकानुनी आप्रवासी राख्‍न ग्वान्टानामो खाडीमा बन्दीगृह विस्तार गर्न ट्रम्पको आदेश

डिसी नेपाल
१७ माघ २०८१ ७:५२
896
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाको ग्वान्टानामो खाडीमा तीस हजार गैरकानुनी आप्रवासीहरूलाई राख्‍न हिरासत केन्द्र विस्तार गर्न आदेश दिएका छन्।

देशभर रहेका दशौं लाख अवैध आप्रवासीहरुलाई स्वदेश फिर्ता र कानुनी कारवाहीको क्रम बढेसँगै उनीहरुको व्यवस्थापनकालागि हिरासतको ठाउँ खोजिएको हो।

यसैक्रममा अमेरिकाले ग्वान्टानामो खाडी प्रस्ताव गरेको हो। कुख्यात अपराधीहरुलाई राख्ने ठाउँका रुपमा अमेरिकाले यसअघि पनि ग्वान्टानामो खाडीलाई प्रयोग गर्दै आएको छ।

यता क्युबाली राष्ट्रपतिले भने अमेरिकी योजनालाई “क्रूरताको कार्य” भनेका छन्। ट्रम्पले अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक पद बहाली पछि अमेरिकामा रहेका विकृति अन्त्यका लागि भन्दै विभिन्न कार्यकारी आदेश जारी गरी कार्य अघि बढाएका छन्। उनका कतिपय आदेशहरुप्रति कानुनी रुपमै प्रश्न उठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *