डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोसँग करको विषयमा वार्ता गर्ने
काठमाडौं । क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत कर लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले आइतवार क्यानडा, चीन र मेक्सिकोमाथि कर लगाउने घोषणा गरेका थिए।
अब डोनाल्ड ट्रम्पले भनेका छन्, “सोमबार मेक्सिको र क्यानडाका नेताहरूसँग करका बारेमा कुरा गर्नेछु। अमेरिकाले क्यानडा र मेक्सिकोमाथि लगाएको शुल्क मंगलबार रातिदेखि लागू हुनेछ।”
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाउमले प्रतिक्रियास्वरूप अमेरिकामा कर लगाउने कुरा गरेका थिए।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका थिए, “डोनाल्ड ट्रम्पले लगाएको करको जवाफमा क्यानडाले पनि कर लगाउनेछ। सरकारले १५५ बिलियन डलरको अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत शुल्क लगाउनेछ।”
मेक्सिकोकी राष्ट्रपतिले भनेकी थिइन्, ‘हामी अमेरिकाविरुद्ध कर सहित प्रतिशोधात्मक कारबाही गर्नेछौं।
No ads found for this position


डिसी नेपाल
Facebook Comment