बेलायतका राजकुमार नेपालमा, एक साता रहने

डिसी नेपाल
२२ माघ २०८१ १४:५६
392
Shares

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड करिब एक साताको निजी भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका छन्।

आइतबारदेखि भारत भ्रमणमा रहेका राजकुमार एडवार्ड मंगलबार दिउँसो दिल्लीबाट काठमाडौं आएका हुन्।

उनलाई अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव अमृत राईलगायतले स्वागत गरेका थिए। उनले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

राजकुमारी सोफिया भने मंगलबार बिहान लण्डनबाट नेपाल आएकी थिइन्।

नेपाल भ्रमणका क्रममा उनीहरू काठमाडौंका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी हुने र त्यसपछि पोखरा जाने तय भएको छ।

राजकुमार दम्पती आगामी आइतबार स्वदेश फर्किने भ्रमण तालिका छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *