कविता
ह्याप्पी भ्यालेन टाइन डे माया
न छुन सकिन्छ
न देख्न सकिन्छ
तर, हृदयमा राख्न सकिन्छ माया
यो अनुभूति हो
यो उमंग हो
जसको मिठास बेग्लै हुन्छ।
तिमीलाई सम्झिँदा मात्रै
तिम्रो यादमा कल्पिँदा मात्रै
सम्झनाको सिरेटोले
बेग्लै आनन्द दिँदो रहेछ
मिठो काउकुरी लगाउँदो रहेछ।
तिमीसँग कहिले
चोइटिन नपरोस्
टुक्रिन नपरोस्
छुट्टिन नपरोस्
सधैं हृदयमा बस्न सकुँ
सधैँ हृदयमा राख्न सकुँ
केवल तिम्री बनिरहन सकुँ
ह्याप्पी भ्यालेन टाइन डे माया।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment