कविता
प्रेम दिवस

अटूट विश्वासले
जोडिएको प्रेममा
गुलाफ फूलको
कुनै महत्त्व हुन्छ र प्रिय?
तिमी बागमा फुलेको
सुकोमल गुलाफसँग
के प्रेमको भिक्षा माग्छौ?
आउ बरु
आज भ्यालेनटाइन्स-डे
एउटा गुलाफको विरुवा रोपेर
रातो प्रेम संकल्प गरौं।
जुन प्रेम
अमर होस्
अजय होस्
हर जनमको होस्
हर युगको होस्
र
त्यो प्रेम
प्राप्तिको अभिलाषा भन्दा पर आनन्दमय होस्
हरेक दिनहरुमा फुलिरहोस्।
प्रतिक्रिया
Facebook Comment