सभामुखले सुमना श्रेष्ठ, सुमना श्रेष्ठ भनिरहँदा उनी संसदमा देखिइनन्
काठमाडौं । सभामुख देबराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठलाइ बोलाए पनि उनी भने संसदमा अभिब्यक्ति दिन उपस्थित भइनन्।
सोमबार सभामुख घिमिरेले बोल्न नदिएको भनेर बैठक छाडेर हिँडेकी सांसद श्रेष्ठलाई आज सभामुख घिमिरेले बोल्नका लागि समय दिएका थिए। तर, सांसद श्रेष्ठले भने कुनै प्रतिक्रिया दिइनन्।
सभामुख घिमिरेले ‘माननीय सुमना श्रेष्ठ’ भने तीन तीन पटक उच्चारण गर्दा पनि सांसद श्रेष्ठले बोल्ने समयमा उपस्थित नभएपछि सभामुख घिमिरेले अन्य सांसदलाइ पालो दिएका थिए।
प्रतिनिधिसभाको जारी बैठकमा शून्य समयमा नेकपा एमालेका सांसद सुनिता बरालपछि सभामुख घिमिरेले रास्वपा सांसद श्रेष्ठलाइ बोलाएका थिए। तर, कुनै पनि प्रतिक्रिया नपाएपछि उनले सुशिला श्रीपाइली ठकुरीलाई पालो दिएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment