नेपालको इज्जत जोगाइदिन प्रधानमन्त्रीलाई नायिका ढुंगानाको आग्रह
काठमाडौं । अभिनेत्री नीता ढुंगानाले देशको इज्जत जोगाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छन्। उनले फेसबुकमार्फत उक्त आग्रह गरेकी हुन्।
‘बिन्ती छ, नेपालको इज्जत जोगाइदिनुस्। बिन्ती छ, नेपाली जनताको भावना बुझिदिनुस्,’ ढुंगानाले लेखेकी छन्। उनले नेपालको आजको हालत कसले बनायो भनेरसमेत प्रश्न गरेकी छन्।
‘विग केही वर्षदेखि नेपालको शासक तपाईंहरू कांग्रेस, एमालेमा, माओवादी। अब यो बेइज्जतको जिम्मेवारी तपाईंहरूले लिनुपर्ने कि नपर्ने ?,’ उनले सोधेकी छन्।
केही समययता प्रधानमन्त्रीको फोटो खिच्ने/फोटो खिचाउने बाहेक अरु काम नदेखिएको उनको टिप्पणी छ।’उन्नति, प्रगति र देशमा के भइरहेको छ ? हामीले हजुरको आफ्नो प्रोफाइलबाट केही देख्न पाएका छैनौं। कुनै समय हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओलीज्यू जस्तै हुनुपर्छ भनेर ठाँटले भन्ने म कलाकार आज कन्फ्यूजमा छु,’ उनले लेखेकी छन्।
उनले सपना र विश्वास सपना र विश्वासमै सीमित रहेको बताएकी छन्। ‘नेपाली जनताका लागि तपाईंले बोलेका शब्दहरूमा विश्वास गर्ने हो, तपाईंले देखाएका सपनाहरूमा हामीले आफ्नो सपना देख्ने हो। तर, विश्वास विश्वासमा मात्र सीमित रह्यो, सपना सपनामा मात्र सीमित रह्यो, दुःख लाग्छ,’ उनले भनेकी छन्।
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बीटेक तेस्रो वर्ष पढ्दै गरेकी प्रकृति लम्साल मृत्युसँग जोड्दै यस्तो टिप्पणी गरेकी हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment