एक सय दुई बालबालिका तथा किशोरकिशोरीको उद्धार

डिसी नेपाल
११ फागुन २०८१ २३:४९
152
Shares

धनुषा । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा एक सय दुई बालबालिकालाई उद्धार गरिएको छ।

माइती नेपाल धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले एक वर्षको अवधिमा नेपाल रेल्वे तथा बसबाट धनुषा र महोत्तरीको सिमानाका भएर भारततर्फ गइरहेको अवस्थामा प्रहरीको सहयोगमा सो सङ्ख्यामा उद्धार गरिएको जानकारी दिए।

उनकाअनुसार उद्धार गरिएकामध्ये १८ वर्षमुनिका ५३ तथा १८ वर्षमाथिका ४९ जना रहेका छन्। यसैगरी एक सय जनालाई सुरक्षा आवास प्रदान गरिएको थियो। सोही अवधिमा एक सय ७२ जनालाई मनोपरामर्श सेवा दिइएको संस्थाले जनाएको छ।

माइती नेपालले एक वर्षको अवधिमा नेपालबाट सिमानाका तर्फ जाने आठ हजार तीन सय ८२ बसको जाँच गर्नाका साथै मानव बेचबिखनसम्बन्धी जनचेतनामूलक सूचना दिइएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *