नाजिर र वर्षा पति-पत्नीको भूमिकामा रहेको फिल्म‘कल्ली’ को छायांकन सुरु

डिसी नेपाल
१२ फागुन २०८१ १३:०८
356
Shares

काठमाडौं। फिल्म ‘कल्ली’को छायांकन सुरु गरिएको छ। आइतबार काठमाडौंको बौद्धस्थित एक घरबाट फिल्मको छायांकन शुरु गरिएको हो।

फिल्मका लागि पहिलो सट उत्तम प्रधान, नाजिर हुसेन र वर्षा राउतले दिएका थिए। यसमा नाजिर र वर्षा श्रीमान्-श्रीमतीको भूमिकामा देखिँदैछन्। ३५ दिनको सेड्युलमा फिल्मको छायांकन काठमाडौंपछि जुम्लामा हुने बताइएको छ।

लक्ष्मण सुनारले निर्देशनमा बन्ने यस फिल्ममा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी, बेगम नेपाली लगायतको पनि अभिनय रहनेछ।

फिल्मको घोषणा हुँदा मुख्य भूमिकामा अभिनेता पल शाह रहेको भएपनि अहिले उनको स्थानमा सौगातलाई लिएर छायांकन शुरु गरिएको छ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ। फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन्। महेश दवाडीको लेखन रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन्। निसाल पौडेलले फिल्मको छायांकन गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *