सेना दिवस : टुँडिखेलमा नेपाली सेनाको हर्षबढाइँ (तस्बिर)

डिसी नेपाल
१४ फागुन २०८१ १२:१३
144
Shares

काठमाडौं। नेपाली सेनाले विभिन्न कार्यक्रम गरी २६२ औं सेना दिवस मनाएको छ। सेना दिवसको अवसरमा बुधबार सेनाले सैनिक मञ्‍च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो। समारोहको प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी थिए।

सो अवसरमा सैनिक मञ्चमा परेड, तोप बढाइँ, कवाजलगायत विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो। नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ।

सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलकाे सम्मानमा सलामी अर्पण गरेको थियो। राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन्। साे अवसरमा नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण गर्नुका साथै राइफल र ताेपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेको थियो।

समारोहमा सेनाले विभिन्न रणकाैशल, मार्चपास तथा परम्परागत वेशभुषा झल्कने विविध कला, नृत्य र संगीतकाे धुन प्रदर्शन गरेकाे थियो। साथै नेपाली सेनाले शान्ति मिसनमा प्रयाेग गर्दै आएको विभिन्न सवारी साधन, उपकरण र हतियार प्रदर्शन गरेकाे थियो।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेका थिए। साथै उनले मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका ब्याण्ड टिम प्रमुखलाई उपहार प्रदान गरे। कार्यक्रममा भारत, वेलायत र अमेरिकी सैनिक व्याण्डबाट समेत ब्याण्ड प्रदर्शनी गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *