कमल यात्रीले ल्याए धारावाहिक गीत

डिसी नेपाल
१९ फागुन २०८१ १०:२५
484
Shares

काठमाडाैं।गाउँ यतिबेला रित्तिएको छ। लास बोकेर घाटसम्म पुर्‍याउने मलामी समेत नपाउने अवस्था दिनानुदिन बढ्दो छ। हरेकजसो परिवारबाट कोही न कोही विदेशिएका, परिवार खण्डित भएका, घरमा ज्येष्ठ नागरिक मात्रै रहेका त्यहीँ पनि विरामी परेको बेलामा उस्तै अवस्थाका अर्का छिमेकी गुहार्नुपर्ने अवस्था छ।

छोरा विदेशिएपछि बुहारीले नातिनातिना च्यापेर सहर बजारमा झरेका, गाउँको घरमा बिरामी बाबाआमाको स्याहार सुस्याहारमा कोही नभएका अझ एकल अबस्थामा रहेकी बुढी आमाको दयनीय यथार्थलाई मौलिक गीतका शब्द र उस्तै दृष्यबाट जीवन्त रुपमा उतार्ने कोसिस गरेका छन् गायक, सर्जक, युटुबर तथा सञ्चारकर्मी कमल यात्रीले “पुर्कोटैमा चल्यो बतास” बोलको गीतमा।

कमल यात्री र ‘भुरुङ’ले यस गीतमा नेपाली समाजका असमानताका पक्षहरूलाई कलात्मक रूपले प्रस्तुत गरेका छन्। गीतका शब्दहरूमा ग्रामीण परिवेशका समस्याहरू–अर्थतन्त्र, परम्परा र परिवारका सम्बन्धहरूको आघातलाई ठोस रूपमा प्रस्तुत गरिएको छ।

गीतले ग्रामीण संस्कृतिका महत्वलाई पनि उजागर गर्छ, जहाँ ‘पुर्कोटैमा चल्यो बतास’ शब्दको माध्यमबाट गाउँका पहाडी इलाकाका ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यका साथै समाजका उतारचढावलाई परख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *