‘छड्के २’ पछि प्रशान्तले गरे नयाँ चलचित्र ‘जवाफ’को घोषणा
काठमाडौं । ‘छड्के २’का निर्माता प्रशान्त गिरीले नयाँ चलचित्र निमार्णको घोषणा गरेका छन्।
एक थीम पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनि काभ्रे फिल्मस् ले नयाँ फिल्म ‘जवाफ’ निर्माणको घोषणा गरेको हो।
पोस्टरमा ‘सपना पुरा गर्न अपराधको बाटो रोज्नेहरुको कथा’ लेखिएको छ। हतियारसहित बस्तीको बाटोबीचमा उभिएका एक पात्रको पृष्ठभुमिमा प्रहरी भ्यानसहित देखाइएको छ। पोस्टरले फिल्म डार्क एक्सन थ्रीलर रहेको संकेत गर्छ।
यो फिल्मलाई साउथ इन्डियन निर्देशक करणले निर्देशन गर्ने छन्। सम्पूर्ण छायांकन भारतमा नै हुने बताइएको फिल्मको अन्य ‘कास्ट एण्ड क्रू’बारे निर्माण टिमले केहि जानकारी गराएको छैन।कार्याकारी निर्माताको रुपमा सञ्चारकर्मी सचित खड्का जोडिएका छन्। दशक लामो रंग पत्रकारिताको अनुभवलाई उनले फिल्म निर्माणमा प्रयोग गर्ने छन्।
निर्माता प्रशान्त गिरी अभिनेता समेत हुन्। यो फिल्मलाई २०८३ मा प्रदर्शनमा ल्याउने निर्माण कम्पनिले घोषणा गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment