‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय
मुग्लिन(चितवन)। गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या) पर्व मनाउँदै छन् ।
परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष वाण चलाउने विद्या प्राप्त गरेको दिनका रुपमा गुरुङ समुदायमा हरेक वर्ष फागुपुर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ ।
यो पर्वमा धनुष वाण, बर्छा,छेलो फाल्ने, कुस्ती खेल खेलेर मनोरञ्जन पनि गरिन्छ । खुकुरीजस्ता घरेलु हतियारको पूजा गरी खेल सुरु हुन्छ । सिकारीयुगमा धनुष वाणको आवश्यकता र महत्व धेरै थियो ।
आदिमकालमा गुरुङहरूको महागुरुबाट शक्तिबाण ९गुरुवाण० प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रूपमा यो पर्व मनाइँदै आएको तमू प्ये ल्हु सङ्घका अध्यक्ष विक्रम गुरुङले बताए ।
चितवनको– भरतपुर ११ नौरङ्गेस्थित क्होइवोे परिसरमा आज जिल्लास्तरीय धनुष वाण प्रतियोगिता तथा छलफल कार्यक्रम आयोजना गरी यो पर्व मनाइने अध्यक्ष गुरुङले राससलाई बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment