कविता: रोपाइँ
सानो छँदा स्कुलमा
मैले थुप्रै थुप्रै
Sin Cos Tan हरू रोपेँ
Alfa Gamma
अनि Theta Beta हरू रोपेँ
नानाथरीका Roots
Under roots हरू पनि रोपेँ
आफू हुर्कँदै बढ्दै जाँदा
कलेज र विश्वविद्यालयमा समेत
तिनीहरूलाई हुर्काएँ बढाएँ
नभन्दै एक दिन
सर्टिफिकेटरूपी कोसाहरू राम्रोसँगले लागे
र जब जिन्दगी चलाउनु पर्ने भो
मैले ती कोसाहरू
कोलमा राखेर निचोरी हेरेँ
तर अँह,
एक थोपा तेल आएन
मैले वरपर आँखा घुमाएर
अरूहरूलाई पनि हेरेँ
उनीहरूको कोलमा पनि तेल आएको पाइनँ
आज सोच्दैछु-
उनीहरूले चाहिँ
के के रोपेका थिए होलान् कुन्नी?
No ads found for this position
प्रतिक्रिया


Facebook Comment