फिल्म राजागंजको प्रिमियरमा नेता र कलाकारको ओइरो

डिसी नेपाल
२९ फागुन २०८१ १३:४२
68
Shares

काठमाडाैं। शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा राजागंजको बुधबार काठमाडौं कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरियो।

प्रिमियर शोमा सिनेमा हेर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, महिला नेतृ हिसिला यमी, प्रतिनिधि सभा सांसद अमरेश कुमार सिंह, निर्देशक नवीन सुब्बा, लेखक तथा निर्देशक मनोज पण्डित, निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारी, रीमा विश्वकर्मा, लुनिभा तुलाधर, शिल्पा मास्के र अभिनेता नाजिर हुसेन र सिनेमाको निर्माण टिम तथा कलाकार अनि पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

सिनेमा हेरे निस्कँदै गर्दा प्रिमियर शोमा उपस्थित पाहुनाहरुले सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए । यो सिनेमाले मधेश आनदोलनको क्रममा उत्पन्न मधेशी र पहाडी समुदायबीच घटित विभिन्न घटना क्रमलाई सुक्ष्म ढंगले देखाइएको प्रतिक्रिया मिलेको थियो।

विश्वका प्रसिद्ध सिनेमा महोत्सवमा रिलिज भैसकेको सिनेमाले नेपाली दर्शकमाझ आउनु पूर्व मिलेको प्रतिक्रियाले व्यापारमा समेत फाइदा पुग्ने विश्वास निर्माण टिमलाई छ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘राजागंज’ मधेश आन्दोलनको सेरोफेरोमा निर्माण भएको र आफु त्यसको प्रत्यक्ष साचीँ भएको नाताले यो सिनेमा धेरै वस्तुवादी तथ्य परक भएको बताए । ‘मलाई दुख के लाग्यो भने जुन सिनेमामा आज हामीले हेर्न पायौं पुर्ण रुपमा त्यसका केही महत्वपुर्ण अंशहरु काटिएको छ भन्ने सुने । मैले बुझे अनुसार अब कति काटिएको हो, तर त्यो मुख्य अंश काटिएको हो भने त्यो त सिनेमाको काउकै काटिए जस्तो हुन्छ,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने।

यता महिला नेतृ हिसिला यमील राजागंज उत्कृष्ट बनेको प्रतिक्रिया दिइन् । ‘यो सिनेमामा जो मुख्य पात्र दयाहाङ राईको रुपमा एउटा जनजातीको मान्छे नगएको भए, त्यो सिनेमामा फेरी एउटा आर्य कास्टको पात्र पनि छ । ती सवै समग्र पात्रले एउटा सेन्सेटिभ विषय, एउटा उत्पीडन, एउटा आमाको बच्चा पाउने अधिकार माथी जुन एउटा कुठाराघात भयो, अनि एउटा जन्मिन लागेको बच्चा नजन्मिँदै उसको कर्डलाई काट्यो भने के हुन्छ ? त्यस्तै तपाईहरुको सिनेमालाई पनि कसैले सेन्सर गर्यो भने त्यो बच्चा जन्मिँदैन । त्यसको भाव सवै मर्छ भन्ने मेरो भाव हो । त्यसैले राजागंज जस्तो सिनेमाको कुनै पनि दृश्य नकाटि रिलिज गरिनु पर्छ, नेतृ यमीले भनिन् ।

यस्तै, अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्माले पनि सिनेमा राम्रो बनेकाले सम्पुर्ण नेपाली सिनेमाप्रेमी दर्शकलाई ‘राजागंज’ हर्ने सिफारिस गरे । अनि अभिनेत्री लुनिभा तुलाधरले हिरो पुरुष मात्रै हुँदैन । त्यसको उमेर रंगले केही पनि फरक पार्दैन् । त्यस्तै एउटा सुन्दर सिनेमा राजागंज हल गएर निर्धक्क हेर्न आग्रह गरिन् । अभिनेता नाजिर हुनेनले पनि मधेश आन्दोलनको कथा उत्कृष्ट रहेको भन्दै जति मधेशी र पहाडीबीच विभेद छ । त्यति नै मेधेशी मेधेशीबीच पनि विभेद रहेकाले त्यस्ता कुरालाई अन्त्य गर्न आवश्यक रहेको बताए । यो सिनेमाले यस्ता कुरालाई सुन्दर ढंगले प्रस्तुत गरेकाले पनि राजागंज हेर्नै पर्ने सिनेमा रहेको उनको भनाई छ ।

सिनेमाका मुख्य अभिनेता दयाहाङ राईले सिनेमाका विभिन्ने लेयर हेर्न पाउने बताए । आज जति जनाले पनि हेर्नु भएको छ, सवैले राम्रो प्रतिक्रिया दिनु भएको छ । भोली शुक्रबारबाट रिलिज हुँदैछ । आशा गारौं दर्शकलाई पनि मन पर्नेछ । सिनेमाकी मुख्य अभिनेत्री आशा मगरातीले आफुले प्रिमियर शोमा सिनेमा भनदा पनि अडियन्सको रियाक्सन हेरिरहेकी थिए । दर्शक कुनै कुनै मौकामा हाँस्नु हुन्छ । त्यो देख्दा निकै खुशी लाग्ने बताइन् ।

निर्देशक दीपक रौनियारले सिनेमा सेन्सर झमेलामा केही दुख लागेपनि अहिले प्रिमियर शोमा मिलेको प्रतिक्रियाले खुशी मिलेको बताए । आफुले देखाउन खोजेको सवै कुरा दर्शकलाई शुक्रबारबाट देखाउन नपाउने हुँदा केही दुख त अवश्य लाग्छ । तर, हामीले जेजती देखाएका छौं दर्शकलाई मन पर्छ होला भन्ने अपेक्षा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *