पूर्वराजाप्रति प्रचण्डको आक्रोश-धेरै चुरीफुरी नगर्न चेतावनी

डिसी नेपाल
१ चैत २०८१ १७:४५
440
Shares

काठमाडाैं। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठूल्ठूला मूर्ति चोर र वंश मास्ने ‘भाइमारा’ को आरोप लगाएका छन्। शुक्रबार माओवादी केन्द्र मेलम्ची नगरपालिकाको तेस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन्।

शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै यस्तो बताएका हुन्।

‘धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मुर्खता पहिला पनि भइसकेको छ। अर्को मुर्खता गरे भने नेपाली जनता, नेपालका राजनीतिक दल उदार हुँदैनन्। त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरु त उनको परिवारभित्र थिए नि। सबैले बुझेका छन् नेपाली जनताले। त्यसको प्लानर को हुन् भन्ने नेपाली जनताले बुझेका छन्,’ प्रचण्डले भने।

राजावादीहरु सल्बलाएको प्रसंग जोड्दै उनले अहिलेको परिस्थिति खतरनाक भइनै सक्यो भन्ने चाही नरहेको तर दुस्साहस भने भएको उनको भनाइ छ। उक्त दुस्साहसलाई माओवादीले ‘इटको जवाफ पत्थरले दिने’ उनको चेतावनी छ। अध्यक्ष प्रचण्डले देशको ठूला–ठूला मूर्ति चोर र वंश नास गर्ने ‘भाइमारा’ नेपाली जनताले विर्सिए भन्ने भ्रममा नपर्न ज्ञानेन्द्रलाई सुझाव दिए।

‘यो जुन नौटंकीहरु देखाइँदै छ। राजा, महाराजाको बारेमा। २५० वर्षसम्म राजा, महाराजाले यो देशलाई कहाँ पुर्याए? नेपाली जनताले बिर्सिएको छ? मुर्ति चोर को हुन्? नेपालका ठूल्ठूला मुर्ति चोरहरु अहिले राजा? भाइमारा को हो? आफ्नै वंश मास्नेले अहिले आएर फेरि धाक लगाउन मिल्छ? सुन तस्कर को हो? नेपाली जनताले विर्सियो भन्ठानेको?’ प्रश्न गर्दै उनले भने।

आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला दरबार हत्यकाण्डको फेरि एकचोटी छानविन हुनुपर्छ भनेको पनि उनले सुना । तर, आफूले ५ वर्ष शासन गर्न नपाउँदा त्यो काम अधुरै रहेको प्रचण्डले बताए ।

उनले भने, ‘मैले पहिलाचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटी छानविन गर्नुपर्ने छ भनेको थिएँ । मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए फेरि एकचोटी छानविन गरेर भाइ मारा र राजद्रोही यिनीहरुलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो।’

 




प्रतिक्रिया

One thought on “पूर्वराजाप्रति प्रचण्डको आक्रोश-धेरै चुरीफुरी नगर्न चेतावनी

  1. Yo manchhe lai bolne aru kunai topic chhaina ki k ho? Aafu Pani ta Kati nirdos manchhe marera, nirdos ko paisa Janyudda ko nam ma Chanda uthayera Satta ma aako birsechha ki k ho? 😡😡😡

Leave a Reply

Your email address will not be published. Required fields are marked *