ज्ञानेन्द्र शाहीको प्रचण्डलाई चेतावनी- भट्किला झुठा भाषण गर्दै हिडेमा नेपाली जनताले माफी दिने छैनन्
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले विदेशीको इसारामा तत्कालीन सरकार र तत्कालीन विद्रोही माओवादीले मिलेर वीरेन्द्रको वंश नाश गरेको आरोप लगाएका छन्।
शुक्रबारसिन्धुपाल्चोक पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर, सुन तस्कर र आफ्नै वंशको नास गर्ने ‘भाइमारा’ को आरोप लगाएपछि त्यसको सामाजिक सञ्जालमार्फत जवाफ दिदै शाहीले भट्किला झुठा भाषण गर्दै हिडेमा प्रचण्डलाई नेपाली जनताले माफी नदिने चेतावनी दिएका छन्।
उनले भनेका छन्, ‘…भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्यो ? तपाईँले मार्यो। निहत्या नागरिकलाई बाटोबाटोमा बम ठाप्दै कसले हत्या गर्यो ? तपाईंले गर्यो। विदेशीको इशारामा मन्दिरका ,गुम्बाका पुजारी,लामालाई कसले घाँटी रेट्यो ? तपाईँले रेट्यो ३३ किलो सुन तस्कर कसले गर्यो ? तपाईँले गर्यो। क्यान्टोनमेन्ट घोटाला कसले गर्यो ? तपाईंले गर्यो। सिधा भाषामा भन्दा विदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्यौँ। तर यस्तै भट्किला झुठा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्। त्यसैले भन्छु नविनतम सम्झौतामा आउनुस् विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नु भो अब देशका लागि केही काम गर्नुस्।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment