जनतामा मलाई नजिताएको पछुतो छ : महेश बस्नेत

डिसी नेपाल
२ चैत २०८१ १४:५७
1.5k
Shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले भक्तपुरको विकास स्यालको सिंह हराएजसरी हराएको टिप्पणी गरेका छन्।

पछिल्लो निर्वाचनमा भक्तपुर २ बाट नेपाली कांग्रेसका दुर्लभ थापासँग पराजित बस्नेतले आफू सांसद् हुँदा थालनी गरेको विकासका कामले निरन्तरता नपाएको बताएका हुन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘भक्तपुरबाट जितेका नेताले संसद्‌मा बोलेको सुनेको छैन। नयाँ बजेट ल्याउने कुरा त परै जाओस्। हाम्रो भौतिक विकास स्यालको सिंह हराएजसरी हरायो।’

उनले अहिले धेरै समय आफ्नो क्षेत्रमा डुल्ने गरेको बताएका छन्। ‘डुल्दा भेट भएका जनताले तपाईंलाई नजिताएर गल्ती गरिएछ भन्छन्। मलाई भोट नदिएकाहरूले पनि यस्तो भनेको सुन्छु। मैले मलाई फरक पर्दैन भनेको छु,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *