संगीतकार एआर रहमान अस्पताल भर्ना

डिसी नेपाल
३ चैत २०८१ ११:२५
504
Shares

काठमाडौं। बलिवुडका चर्चित संगीतकार एआर रहमान अस्पताल भर्ना भएका छन्।

भारतीय मिडियाहरुक अनुसार रहमानलाई आइतबार बिहान चेन्नईस्थित अस्पताल भर्ना गरिएको छ।

छातीमा दुखाइ महसुसपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ। हिन्दुस्तान टाइम्सका अनुसार रहमानको ईसीजी र इकोकार्डियोग्रामसहित परीक्षणपछि उनको मुटुमा समस्या देखिएको र एन्जियोग्राम हुन सक्ने उल्लेख छ।

गत महिना, एआर रहमानले चेन्नईमा कन्सर्टमा एड शीरनसँग प्रस्तुति दिएका रहमान हालै फिल्म चावाको संगीत लन्चमा पनि देखिएका थिए।

यसअघि रहमानकी पूर्व पत्नी सायरा बानोलाई पनि मेडिकल इमर्जेन्सीका कारण अस्पतालमा भर्ना गरिएको थियो र उनको शल्यक्रिया गर्नुपरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *