राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

डिसी नेपाल
५ चैत २०८१ ९:२४
120
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्नेछ।

केन्द्रीय कार्यसम्पादन समिति बैठक गत आइतबार पनि बसेको थियो।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको सबलीकरणका विषय र आन्दोलनलगायत विषयमा छलफल हुनेछ।

कार्यसम्पादन समितिको मंगलबारको बैठकमा पदाधिकारीहरूले धारणा राख्ने कार्यक्रम छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *