स्रोत नखुलेको २५ करोडभन्दा बढी रकम बरामद
काठमाडौं। नेपाल प्रहरीले स्रोत नखुलेको २५ करोडभन्दा माथि रकम बरामद गरेको छ।
मंगलबार विहान सो रकम बरामद गरेको भएपनि त्यसलाई बाहिर ल्याएको छैन। विशेष व्यरोको सूचनाको आधारमा सो रकम बरामद भएको हो।
रकमसँगै ना१ख १६५२ नम्बरको एउटा ट्रक र दुई जना नागरिक पनि पक्राउ परेका छन्। पक्राउ परेका मध्ये एकजना ट्रक चालक रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको रकममा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत रहेको प्रहरीले दावी गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment