एसईई परीक्षा प्रक्रियामा सामेल नहुने मधेसका मुख्यमन्त्रीको घोषणा
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले एसईई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गरेका छन्।
प्रदेश सरकार र संघ सरकारको निर्देशनलाई चुनौती दिनेगरी केन्द्राध्यक्ष चयन गरिएको भन्दै उनले मधेश सरकार परीक्षा प्रक्रियामा सहभागी नहुने बताएका हुन्।
संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य, समन्वय र सहअस्तित्व भविष्यमा सुदृढ हुने अपेक्षा गर्दै यसपटकको एसइई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने उनले पत्रकार सम्मेलनमार्फत जनाएका छन्।
मुख्यमन्त्री सिंहले आठै जिल्लाका एसईई परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको भेला बोलाएर गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्न निर्देशन दिएकोमा निर्देशन विपरित छानिएको भन्दै आपत्ति जनाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment