गम्भीर अवस्थामा अस्पताल भर्ना भएका पोप फ्रान्सिस आज सार्वजनिक हुने
काठमाडौं । ईसाई धर्मका शीर्ष धार्मिक नेता तथा भ्याटिकन प्रमुख पोप फ्रान्सिस आइतबार पाँच हप्तापछि पहिलो पटक सार्वजनिक रूपमा देखा पर्दैछन्।
भ्याटिकनका अनुसार पोप फ्रान्सिसले रोमको जेमेली अस्पतालमा उनलाई भेट्न आउनेहरूलाई अभिवादन र आशीर्वाद दिनेछन् ।
फेब्रुअरी १४ मा, ८८ वर्षीय फ्रान्सिसको श्वासप्रश्वासको समस्या बढ्दै गएपछि अवस्था गम्भीर भयो। यसपछि उनलाई अस्पताल भर्ना गरियो।
गत हप्ता भ्याटिकनले जारी गरेको एउटा तस्बिरमा उनी अस्पतालको चैपलमा प्रार्थना गरिरहेको देखाइएको छ।
भ्याटिकनले शुक्रबार पोपको स्वास्थ्यमा सुधार भइरहेको बताएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment