ट्रम्पका राजदूतले युक्रेनको लागि बेलायती प्रधानमन्त्रीको योजना अस्वीकार गरे

डिसी नेपाल
१० चैत २०८१ १४:२८
1.3k
Shares

काठमाडौं । युक्रेनमा युद्धविराम गराउन अन्तर्राष्ट्रिय सेना गठन गर्ने बेलायती प्रधानमन्त्री केयर स्टारमरको योजनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले “ठगी” भनेर खारेज गरेका छन्।

स्टिभ विटकफले भनेका छन् ‘यो विचार बेलायती प्रधानमन्त्री र अन्य युरोपेली नेताहरूको ‘सरल’ सोचमा आधारित छ, जसले सोच्छन् कि ‘हामी सबै विन्स्टन चर्चिल जस्तै हुनुपर्छ।’

ट्रम्प समर्थक पत्रकार टकर कार्लसनसँगको अन्तर्वार्तामा विटकफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गर्दै भने कि उनी रूसी राष्ट्रपतिलाई “मन पराउँछन्”। उनले भने, “म पुटिनलाई नराम्रो मान्छे मान्दिन। उनी धेरै बुद्धिमान छन्।”

विटकफले रूस र युक्रेन दुवैसँग अमेरिकी युद्धविराम वार्ताको नेतृत्व गरिरहेका छन्, तर उनले रूसी सेनाले कब्जा गरेका वा आंशिक रूपमा कब्जा गरेका युक्रेनका पाँच क्षेत्रहरूको नाम भने लिन सकेनन्।

“त्यो द्वन्द्वमा सबैभन्दा ठूलो समस्या यी तथाकथित चार क्षेत्रहरू हुन्, डोनबास, क्रिमिया, तपाईंलाई नाम थाहा छ, र त्यहाँ अरू दुई छन्,” उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *