प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल जारी, सात नेता सहभागी

डिसी नेपाल
११ चैत २०८१ १६:५७
1.7k
Shares

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा तीन दलका शीर्ष नेताको बैठक सुरु भएको हो। समसमायिक राजनीतिक विषयसहित मुख्यतयाः संक्रमणकालिन न्यायका विषयमा सो छलफल केन्द्रित हुनेछ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शीर्ष नेताको बैठक बसिरहेको हो।

संक्रमणकालिन न्याय सबन्धी प्रक्रिया अघि नबढीरहेको बेलामा यो बैठक आह्वान भएको हो।

बैठकमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री ओली र कानुनी सल्लाहकार अग्निप्रसाद खरेल, कांग्रेसबाट सभापति देउवा र गृह मन्त्री रमेश लेखक तथा माओवादीबाट अध्यक्ष प्रचण्ड, शक्ति बस्नेत, खिमलाल देवकोटा सहभागी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *